

नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि…


काठमाडौं
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको नेपाल–चीन सीमाको ६० नम्बर पिलर हराएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यससम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण गरेको सरोकारवालाले बताएका छन् ।
युरोपोर्टर अनलाइनको मे १८, २०२१ को संस्करणमा कोलिन स्टेभेन्सले नेपाल–चीन सिमानाको ६० नम्बर पिलर हराएको विषयमा समाचार प्रकाशित गरेका छन् । त्यसअघि, अन्य विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचार प्रकाशित गरेका थिए । उल्लेखित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ६० नम्बर पिलर हराएपछि चीनले १०.५ मिटर अगाडि नेपालपट्टि नयाँ पिलरसहित झन्डा गाडेको समाचार प्रकाशित गरेका छन् ।चीन तिब्बतको टिङ्रीस्थित फलाक र दोलखा लामाबगरको ङयाङलुङ खोला किनारमा रहेको ६० नम्बर सीमा पिलर दुई वर्षको आसपास बाढीले बगाएको कारण हराएको हुन सक्ने स्थानीयको भनाइ छ । २०७४ सालको स्थानीय निर्वाचनसम्म ६० नम्बर पिलर रहेको भए पनि अहिले सो पिलर हराएको स्थानीयले बताए ।
सो पिलर हराएपछि अहिले चीनले करिब १० मिटर वर नेपालपट्टि भीरको एउटा ढुङ्गामा चाइनिज अक्षरले लेखेर ६० नम्बर पिलर स्थापना गरेको छ । पहिले पिलर भएको ठाउँमा लेख्ने कुनै ढुङ्गा नभएकाले केही वर दक्षिणतिर रहेको ढुङ्गामा अस्थायी रुपमा ६० नम्बर पिलर लेखिएको हुन सक्ने स्थानीय बताउँछन् । सीमा भएको ङयाङलुङ खोलाआसपास दुवैपट्टि निकै टाढासम्म पनि बस्ती नभएकाले चीनले नियतवश नेपालको सीमा मिचेर १० मिटर वर नेपालपट्टि ६० नम्बर पिलर बनाएको आशङ्का गर्ने अवस्था नभएको स्थानीयको भनाइ छ ।नेपाल–चीन सीमाको ६० नम्बर पिलर पुग्न नेपालपट्टि बस्ती भएको लामाबगरबाट झन्डै दुई दिन लाग्छ भने उक्त स्थानबाट चीनको फलाक पुग्न ३÷४ घण्टा लाग्छ । चीनको तिब्बतमा पर्ने फलाकमा उनीहरूको सीमा कार्यालय र सानो बजार रहेको छ । सवारीसाधनमा फलाकबाट झन्डै ३÷४ घण्टाको यात्रापछि मात्र तिब्बतको टिङरी बजार पुग्न सकिने लामाबगरका स्थानीय बताउँछन् ।
माथिबाट एकधारमा बगेको ङयाङलुङ खोला ६० नम्बर पिलर भएको ठाउँमा आइपुगेपछि दुईधार बनेकाले उक्त पिलर बगाएको र अहिले उक्त ठाउँमा पिलर राख्ने अवस्था नै नभएको स्थानीयको भनाइ छ ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया