

भारतमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो

भारतको उत्तर प्रदेशमा विषालु रक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । गएको शुक्रवार अलिगढ जिल्लामा विषालु रक्सीका कारण केही व्यक्तिको ज्यान गएको थियो । त्यसयता ५१ जनाको ज्यान गएको अलिगढ जिल्ला अस्पतालले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
अस्पतालमा अहिलेसम्म विषालु रक्सी खाएर ज्यान गएको आशङ्कामा ६२ जनाको पोस्टमार्टम गरिएकोमा ५१ जनाको मृत्युको कारण विषालु रक्सी देखिएको हो । सरकारी अधिकारीहरुले भने अहिलेसम्म २५ जनाको ज्यान गएको पुष्टि गरेका छन् । अझै धेरै व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोना भाइरस रोक्नको लागि गरिएको निषेधाज्ञामा लुकाएर बेचिएको रक्सी गाउँलेहरुले किनेर खाँदा ज्यान गएको बीबीसीले जनाएको छ । अहिले स्थानीय प्रशासनले सबै किसिमबाट हुने जाँडरक्सीको उत्पादन तथा व्यापार बन्द गराएको छ । जाँडरक्सीको अवैध व्यापारीलाई सहयोग गरेको आरोपमा एउटा प्रहरी चौकीका इञ्चार्जसहित चार अधिकारी निलम्बनमा परेका छन् । – बीबीसी


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया