

चौँथो पटक थपियो कपिलवस्तुमा निषेधाज्ञाको समय


कपिलवस्तु ।
कपिलवस्तुमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेका कारण जिल्ला प्रशासन कार्यालयले निषेधालाई लम्बाएको छ । कपिलवस्तुमा तेस्रो पटक निषेधाज्ञको समय थप गरिएको हो । अब जारी निषेधाज्ञा जेठ १८ देखि जेठ २४ गते सम्म लम्बाइएको छ ।
तेस्रो पटकका लागि थप गरिएको निषेधाज्ञाको समय यही जेष्ठ १७ गते राति १२ बजे सकिदै थियो । तर, कोरोना भाइरसको संक्रमणदर नघटेको विश्लेषण गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी)को बैठकले जिल्लामा चौथो पटक थप गरीएको निषेधाज्ञा जेठ १८ देखि २४ गते सम्म कायम रहने जनाएको छ ।
हरेक दिन विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अत्यावश्यकीय कामका लागी पसल सञ्चालन हुने छन् भने निजी तथा सार्वजनिक यातायातका माध्यमलाई सञ्चालनमा यस पटक पनि रोक लगाइएको छ ।
निषेधाज्ञामा अनुमति नलिने सवारी साधनलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय बताउनुभयो । कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्था कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्ति : निषेधाज्ञा_२०७८।०२।१६ (1)


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया