

‘केही तत्वहरुमा असभ्य, अश्लिलता र परपीडक प्रवृति छ’ : प्रधानमन्त्री ओली


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजमा अझैपनि केही असभ्य तत्वहरु सक्रिय रहनु चिन्ताको विषय भएको बताएका छन् । आइतबार तेस्रो महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही राजनीतिक दलहरु नै अराजकता, अनुशासनहीनता, असभ्य र फ्लोरक्रस गर्ने कार्यमा लागेको भन्दै सोही कारण समाजमा विकृति फैलिएको बताए ।
उनले अफ्नै पार्टीका नेताहरूप्रति संकेत गर्दै भने, ‘आफ्नो सरकार ढाल्न कहिले विश्वासको मत नहाल्ने, कहिले अर्को सरकार बनाउन पुग्ने । दलीय मर्यादा, दलीय प्रणाली नमान्ने तिनले खाएको सपथ झुठो, बेइमानी र कपट लुकेको हुन्छ ।’ उनले यस्तो अराजकता देशका विरुद्ध बहुतै ठुलो अनिस्ट संकेत समेत भएको बताए ।
राजनीतिक दलहरुले न्याय र समानताका लागि लड्नुपर्नेमा केही राजनीतिक दलको नेतृत्व तह नै त्यसविरुद्ध उत्रने गरेको प्रधानमन्त्रीको भनाइ छ । ‘जव नेतृत्व तह नै यस्तो हुन्छ । माथिबाट धमिलो पानी बग्ने बगाउने काम भइरहकोे छ यो चिन्ताको विषय छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही असभ्य तत्वहरु छन् । सामाजिक न्याय समानताको त कुरै छोडौँ छाडा,अशिष्टता र अश्लीलता, अमर्यादित परपीडक प्रवृति छ । अर्काको दुःखमा रमाउने प्रवृतिको विगविगी देखिन्छ । यो गम्भिर चिन्ता र चासोको कुरा हो’, प्रधानमन्त्रीले आक्रोश पोखे ।
उनले यो वा त्यो प्रकारका कुनै पनि महिला हिंसा स्वीकार्य नहुने भन्दै महिलामाथि महिलबाटै पनि हिंशा हुने गरेको बताए । महिलाहरुलाई पनि आफु पहिला सच्चिन आग्रह गर्दै ओलीले भने, ‘आफैले आफैलाई सच्चाउनुपर्छ । ठिक व्यवहार र आचरण गर्नुपर्छ यो पछिमात्रै समाजलाई ठिक आचरणमा डोहोर्याउन सकिन्छ ।’
उनले त्यस्तै आचरणहिन र परपीडकहरुले आफुलाई विद्धान ठान्ने गरेको देखेर आफुलाई दुख लागेको पनि बताए ।
‘परपीडक र अराजक, असभ्य र छाडा तत्वहरु नै बहुत आफुलाई विद्धान ठान्नेहरू देख्दा बडो दुख लाग्छ । उनीहरु अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन् । त्यसका विरुद्ध शिष्टतातिर फर्काएर सभ्य समाज निर्माण गर्नतिर लाग्नुपर्छ’,प्रधानमन्त्रीले महिलाहरुलाई सुझाव दिए ।
उनले महिला र पुरुष बीचमा अधिकारमा समानता हुनुपर्ने र सरकार त्यसमा सजग रहेको बताए । पनि ‘महिला र पुरुषबीच लैगिक भिन्नता हुने भएपनि उनीहरुबीच अधिकारमा समानता हुनुपर्छ । लैंगिक भिन्नताका बावजुद अधिकार र अवसरमा असमानता हुनुहुँदैन’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
हरेक नेपाली सुखी र सम्मृद्ध हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सामाजिक समानता आवश्यक पर्ने बताए ।
‘महिला र पुरुषकाबीचमा सामाजिक समानताको पहिलो शर्त हो महिला र पुरुषका बीचमा समान अधिकार समान अवसर’, प्रधानमन्त्रीले प्रतिवद्धता जनाए ।


खबर सबै
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन






प्रतिक्रिया