

पहिलो हाफ : इराक सगँ नेपाल २ गोलले पछाडि



इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पहिलो हाफमा ४-२ ले पछि परेको छ।
इराकको बसरामा भइरहेको खेलमा नेपालले खेलको ४० मिनेटसम्म २-१ को अग्रता लिएको थियो।
तर ४० मिनेटमा इराकले बराबरी गोल फर्कायो। लगत्तै अर्को मिनेटमा इराकले नेपालविरुद्ध तेस्रो गोल गरेको थियो। इन्जुरी टाइममा इराकले चौथो गोल गर्दा नेपाल ४-२ ले पछि पर्यो।
त्यसअघि खेलको ३०औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
खेलको सातौं मिनेटमा इराकले फ्रिकिकमा सानदार गोल गरेको थियो।
अन्जन विष्टले नवौं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काए।
नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।
नेपाल र इराकबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पछिल्लो पटक सन् २००१ मा विश्वकप छनोटमा नेपाल र इराक भिडेका थिए। सो खेलमा नेपालमाथि इराकले ४-२ को जित निकालेको थियो।
एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया