पहिलो हाफ : इराक सगँ नेपाल २ गोलले पछाडि

काठमाडौं

इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पहिलो हाफमा ४-२ ले पछि परेको छ।

इराकको बसरामा भइरहेको खेलमा नेपालले खेलको ४० मिनेटसम्म २-१ को अग्रता लिएको थियो।

तर ४० मिनेटमा इराकले बराबरी गोल फर्कायो। लगत्तै अर्को मिनेटमा इराकले  नेपालविरुद्ध तेस्रो गोल गरेको थियो। इन्जुरी टाइममा इराकले चौथो गोल गर्दा नेपाल ४-२ ले पछि पर्‍यो।

त्यसअघि खेलको ३०औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

खेलको सातौं मिनेटमा इराकले फ्रिकिकमा सानदार गोल गरेको थियो।

अन्जन विष्टले नवौं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काए।

नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।

नेपाल र इराकबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पछिल्लो पटक सन् २००१ मा विश्वकप छनोटमा नेपाल र इराक भिडेका थिए। सो खेलमा नेपालमाथि इराकले ४-२ को जित निकालेको थियो।

एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।

इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।

प्रतिक्रिया

खबर सबै