

राष्ट्रव्यापी कविता प्रतियोगितामा सर्वोत्कृष्ट स्थानमा कपिलवस्तुकी जोशिका कंडेल


राधा पाण्डे / कपिलवस्तु
नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा भएको राष्ट्रव्यापी मावि-तह स्तरीय (कक्षा६-१२ सम्मको) कविता प्रतियोगितामा कपिलवस्तुकि बालकवी जोशिका कंडेल (निशा) ले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएकि छन् ।
देशभरबाट ३० जना सहभागीहरु मध्ये ३ जना सर्वोत्कृष्टमा पर्न सफल भएका हुन् । तीन सदस्यीय निर्णायक समितिले सर्वोत्कृष्ट कविमा छनोट गरेको हो ।
`नेपाल मेरो घर´ शिर्षकको कविताबाट सर्वोत्कृष्ट स्थानमा पर्न सफल भएकि `निशा´ सानैदेखी कबिता साहित्यतर्फ अग्रसर हुँदै आएकी छन् ।
स्थापनाको छोटो समयमै राष्ट्रव्यापी माध्यमिक तह (कक्षा ६–१२) स्तरीय कविता प्रतियोगिता आयोजना गर्न नवसर्जक साहित्य चौतारी नेपाल सफल भएको हो ।
वि. स. २०६५ साल माघ ८ गते पिता दुर्गाराज कंडेल र माता रीता कंडेलको कोखबाट कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न.८मा जन्मिएकी बालकवि निशाले ३ वटा कृति प्रकाशित गरिसकेकी छन् । अहिले उनी चिल्ड्रन्ज प्याराडाइज इ.बो.हाईस्कुल कपिलवस्तुमा कक्षा ६ मा अध्ययनरत छन् ।
जेठ १५ गते शनिबार भएको अनलाइन कवि गोष्ठिका दिन उत्कृष्ट १० कविहरुलाई आफ्ना रचना वाचनको अवसर दिइ ३ जनालाइ सर्वोत्कृष्ट कविको स्थान दिइएको हो ।
हजुरबुबा ऋषिकेशव भारद्वाजको प्रेरणाबाट कविता रचना गर्न प्रेरित भएको बताउने निशाले सानै उमेरमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन अग्रसर छन् ।
बालकवी `निशा´ दधी – स्मृति साहित्य समाज कपिलवस्तु बाट प्राची वाल साहित्य पुरस्कार तथा दधि – स्मृति साहित्य सम्मान (२०७५),लीलध्वज साहित्य प्रतिस्ठान काठमाडौंबाट कदर – पत्र (२०७५), बाणगंगा सामुदायिक पुस्तकालय बाणगंगा कपिलवस्तुबाट बाणगंगा बाल साहित्य पुरस्कार (२०७५), चिल्ड्रन्ज प्यरडाइज इ.बो.हाईस्कुल कपिलवस्तुबाट चिल्ड्रन्ज बाल सहित्य पुरस्कार (२०७५) ,दधि -स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा भएको बाणगंगा आधारभूत तह कक्षा( १-८)सम्मको नगर स्तरीय कविता प्रतियोगितामा प्रथम पुरस्कार ( छ्न्द दिवस बैशाख ८, २०७६), पल्लव साहित्यिक प्रतिष्ठान चितवनबाट शेषनाथ लामिछाने स्मृति वाल सहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान भाद्र २१ (२०७६), डा. कविताराम वाङमय प्रतिष्ठान , काठमाण्डौबाट डा.कविताराम वाल प्रतिभा पुरस्कार कार्तिक २९ (२०७६), निजी तथा आवसीय बिधालय अर्गनाईजेशन , नेपाल बाणगंगा नगर कार्यसमिति कपिलवस्तुबाट प्याब्सन बाणगंगा नगर बालसहित्य सम्मान पौष ४, (२०७६) लगायत दर्जन बढि पुरस्कार र सम्मानबाट सम्मानित भइसकेकि छन् ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया