

आउँदो वर्षभित्र भूमिहीनलाई लालपुर्जा


काठमाण्डाै
सरकारले आउँदाे आर्थिक वर्षभित्र भूमिहीनहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने घोषणा गरेको छ । आउँदाे आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले सबै किसिमका भूमिहीनहरूकाे लगत सङ्कलन गरी आउँदाे आर्थिक वर्षभित्र जग्गाधनी पुर्जा वितरण गरिसक्ने घोषणा गर्नुभएको हो ।
यसका लागि ६८ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै अतिक्रमणमा परेका सरकारी, सामुदायिक तथा गुठीका जग्गा फिर्ता गरिसक्ने पनि बजेटमा घोषणा गरिएको छ । गैरकानुनी कब्जा गरिएका तथा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेका सबै जग्गाको लगत सङ्कलन गरी फिर्ता लिइ सक्ने अर्थ मन्त्री पौडेलले बताउनुभयो ।
यस्तै भूमि बैंकको स्थापना गरेर प्रयोग नभएका सरकारी तथा निजी जग्गालाई व्यावसायिक खेतीका लागि उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया