

सेप्टेम्बरदेखि यूएईमा आईपीएलका बाँकी खेल हुने पक्का


काठमाण्डाै
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा हुने भएका छन् । कोरोना महामारीका कारण रोकिएका बाँकी खेल आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा हुने भएका हुन् ।
आईपीएलले यसअघि मागेको अनुमति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको आजको बैठकले पारित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने भएकाले यूएईमा गर्ने प्रस्ताव पारित गरिएको बीसीसीआईका सचिव जय शाहले बताएका छन् ।
मे २ तारिखसम्म खेल भएकोमा भारतमा महामारी बढ्दै गएपछि गएको मे ४ तारिखदेखि आईपीएलका खेल रोकिएका थिए । खेल रोकिएपछि सबै विदेशी खेलाडी स्वदेश फर्किइसकेका छन् । खेलको तालिका केही दिनमै सार्वजनिक गरिने जनाइएकाे छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया