

शेर बहादुर देउवाको गणतन्त्रको शुभकामना : राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो भएन


काठमाण्डाै
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो नभएको आरोप लगाउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने पनि बताउनुभएको छ ।
‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौँ । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने सङ्कल्प गर्न म समस्त नेपालीमा अपिल गर्दछु’ देउवाले भन्नुभएको छ ।
लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञातअज्ञात सबै वीर सहिदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दै देउवाले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने उल्लेख गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले कोरोनाको महामारीका कारण देशले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा नागरिकको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको आरोप पनि लगाउनुभएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया