

आज नेपाल र इराकले मैत्रीपूर्ण फुटबल खेल्दै


काठमाण्डाै
नेपालले आज इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेका नेपाल र इराकबीचको खेल आज राति सवा १० बजे इराकको अल्फायहा मैदानमा सुरु हुनेछ ।
फिफा वरीयतामा नेपालभन्दा निक्कै माथि रहेको इराकलाई जित्नु नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ । फिफा वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ । नेपालले अहिलेसम्म इराकसँग ३ वटा खेल खेलेकामा सबै खेल इराकले नै जितेको छ ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले यसपटक नेपालका धेरै युवा खेलाडीलाई समेटेर टिमलाई औसत २३ वर्षको बनाएका छन् । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाल उतैबाट कुवेत जानेछ ।
विश्वकप अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेकाले छनोटको सम्भावना न्यून छ तर एसियाकपमा छनोटको सम्भावना भने रहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया