

१० उत्कृष्ट कविहरुको सूचिमा बालकवि जोशिका कँडेल (निशा)


राधा पाण्डे/ कपिलवस्तु
नवसर्जक साहित्य चौतरीले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० मा कपिलवस्तुकि जोशिका कँडेल (निशा) पर्न सफल भएकि छिन् । ३० जना सहभागीहरु मध्ये १० जना उत्कृष्ट हुन सफल भएका हुन् । तीन सदस्यीय निर्णायक समितिले उत्कृष्ट १० कवि छनोट गरेको हो ।
`नेपाल मेरो घर´ शिर्षकको कविताबाट उत्कृष्ट १० मा पर्न सफल भएकि `निशा´ सानैदेखी कबिता साहित्यतर्फ अग्रसर हुँदै आएकी छन् ।
वि. स. २०६५ साल माघ ८ गते पिता दुर्गाराज कंडेल र माता रीता कंडेलको कोखबाट कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न.८ जन्मिएकी बालकवि निशाले ३ वटा कृति प्रकाशित गरिसकेकी छन् । अहिले उनी चिल्ड्रन्ज प्याराडाइज इ.बो.हाईस्कुल कपिलवस्तुमा कक्षा ६ मा अध्ययनरत छन् ।
स्थापनाको छोटो समयमै राष्ट्रव्यापी माध्यमिक तह (कक्षा ६–१२) स्तरीय कविता प्रतियोगिता आयोजना गर्न नवसर्जक साहित्य चौतारी नेपाल सफल भएको हो । जेठ १५ गते शनिबार हुने अनलाइन कवि गोष्ठिका दिन उत्कृष्ट १० कविहरुलाई आफ्ना रचना वाचनको अवसर दिइने नवसर्जक साहित्य चौतारीका संरक्षक दीपक गौतमले जानकारी दिनुभएको छ ।
उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई भने नगदसहित सम्मान गरिने बताइएको छ । अन्य उत्कृष्ट १० कविको सूचिमा काठमाडौंकी अनुज्ञा नेपाल (नयाँ भगवान), मकवानपुरकी आयुशा मानन्धर (आयो दशैं), इलामका देवन्द्र सापकोटा (कोरोना), कैलालीका भवन भट्ट (निर्मला तिमीलाई हार्दिक श्रद्धाञ्जली), काठमाडौंकी मोनालिसा खड्का (निभेको आगो), रन्जन गौतम (चरा), मकवानपुरका रियाज कार्की (तिम्रो र मेरो माटो) र रोश्नी चौलागाई (म फर्कनेछु) तथा कपिलवस्तुका शिरीष बन्जाडे (हो मेरो देश पनि) परेका छन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया