

भेरी अस्पताल : स्वास्थ्यकर्मी कुट्ने तीन जनाविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता


बाँके
बाँकेस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयले कुटपिट गर्नेहरूविरूद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले जानकारी दिए।
प्रहरीले अस्पतालमा कुटपिट गर्नेहरू तीन जनालाई पक्राउ गरेको थियो। उनीहरू तिनै जनाविरूद्ध ज्यानमार्ने उद्योगको मुद्दा दर्ता भएको हो।
प्रहरीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरेको थियो। उनीहरूविरूद्ध भेरी अस्पताल तथा पीडित डाक्टर नर्स लगायतले जाहेरी दिएका थिए।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।
अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो। उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेका थिए।
कोरोना भाइरसको महामारीको बेलामा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अहिले चौतर्फी बिरोध भएको थियो।
घटनाको अनुसन्धान गर्न बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति समेत गठन भएको छ। घटनासम्बन्धी प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया