

१० दिनमा दुई पटक कपिलवस्तु जेसिज र लायन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न


कपिलवस्तु
कोरोनाको चपेटामा रहेको कपिलवस्तु जिल्ला स्थिच कपिलवस्तु अस्पतालमा रगत अभाग भएपछि बाणगंगामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ बाणगंगा र कपिलवस्तु जेसिजद्धारा संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कपिलवस्तु जेसिजको भवन बाणगंगा १ बैरीयामा भएको रक्तदानमा ३८ पोइन्ट रगत जम्मा भएको लायन्स क्लव अफ बाणगंगामा अध्यक्ष तथा सामाजिक अभियान्ता रमेशचन्द्र भुसालले बताएका छन् ।

रक्त सञ्चार केन्द्र तौलीहवाको प्राविधिक सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको अभियान्ता खिमानन्द पौडेलले बताएका छन् । कसलाई पनि रगत अभाव नहोस् भन्ने उदेश्य पनि कार्यक्रमको रहेको आयोजकले बताएको छ । पुन रगत अभाव भएका फेरी पनि रक्तदान कार्यक्रमको आयोजना गरिने कपिलवस्तु जेसिजका वर्ष २०२१ अध्यक्ष भिमकान्त भट्टराईले बताए ।
यि दुबै संस्थाको आयोजनामा १० दिन भित्रमा दुई पटक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पहिलो पटक ५१ पोइन्ट रगत जम्मा गरेको यि संस्थाले आज भने ३८ पोइन्ट रगत संकलन गरेका हुन् ।
यि संस्थाहरुले अक्सिजन बैँक, कोरोना संक्रमितलाई पौटिक आहार वितरण कार्यक्रम संक्रमितको घरघरमा गएर पनि सञ्चालन गरेका छन् ।
कार्यक्रमलाइृ बि हिरो डोनर नाम समेत दिइएको थियो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया