

खिमलाल देवकोटले भने संविधान मास्ने षड्यन्त्र भइरहेको छ, प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प छैन



काठमाण्डौ
राष्ट्रिय सभाका सदस्य डाक्टर खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भूमिका हुने बताउनुभएको छ ।
राष्ट्रिय सभा सदस्यको रूपमा शपथ ग्रहण गर्दै उहाँले संविधानतः प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने भए पनि संसद्लाई छलेर पटक–पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताउनुभयो ।
संविधानलाई सबै मिलेर बचाउनुपर्ने भन्दै राष्ट्रिय सभा सदस्य देवकाेटाले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताउनुभयो । डा. देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
संविधानलाई सही दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुनर्स्थापनाकाे विकल्प नभएको भन्दै उहाँले संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ काे उपधारा (५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्नेमा त्यसो नगरि संविधानभन्दा बाहिर गइएको बताउनुभयो ।
देवकोटाले राष्ट्रिय सभा सदस्यकाे रूपमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिनुभएको छ । देवकोटा गएकाे जेठ ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपचुनावबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एमालेको खनाल–नेपालको समर्थनमा निर्वाचित हुनुभएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया