

पहिरोको जोखिम हुने भन्दै सतर्क रहन अर्घाखाँचीमा प्रशासनको आग्रह


अर्घाखाँची ।
बिहिबार बिहान देखि लगातार परिरहेको वर्षाका कारण नेपालका पहाडि जिल्लामा पहिरो र तराईका जिल्लामा बाढीको जोखिम बढेको छ । बाढी सहित पहिरोको जोखिम हुन सक्ने भन्दै जिलला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका नागरिकहरुलाई सतर्क रहन आग्रह गरेको छ ।
पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण अझै तीन दिन वर्षाको सम्भावना रहेका कारण जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सतर्क रहन आग्रह गरेको हो ।
पहिरोको उच्च जोखम रहेका क्षेत्रका नागरिकहरुलाई बस्ती नजिक बाढी पहिरो डुबानको जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा बस्न र नदी, खोला किनार एवं पहिरो आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन एक सतर्कताका सूचना सम्प्रेषण गरेको छ ।
अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको पनि प्रशासनले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १५ गतेसम्म अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ ।
गत वर्ष पहिरोका कारण अर्घाखाँचीको सितगंगा नगरपालिकामा गएको पहिरोका कारण उच्च संख्यामा नागरिकहरु घरबार बिहिन भएका थिए । सोही जोखिमको आँकलन गरि जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको हो ।



खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया