

नेपालगञ्ज स्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग

काठमाण्डौ ।
बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका छन् । हिजो बेलुकी मृतकका आफन्तले कुटपिट गरेपछि अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । जेठ ४ गते भर्ना भएका दाङका एक जना बिरामीको ज्यान गएपछि मृतकका परिवार र आफन्तले ड्युटीमा रहेका डाक्टर र नर्सलाई कुटपिट गरेका अस्पतालले जनाएको छ ।
अस्पतालमा कार्यरत एक नर्सका अनुसार कुटपिट हुन थालेपछि डाक्टर र नर्सले झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । तनाव बढेपछि अस्पतालमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ । अस्पतालकाअनुसार भर्ना हुने बेलामै स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । अस्पतालका डाक्टर र नर्समाथि भएको दुर्व्यवहारको स्वास्थ्यकर्मीले भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
कोरोना महामारीमा ज्यानको बाजी लगाएर बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र कुटपिट हुनु लज्जास्पद भएको उनीहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डाक्टर अनुप बास्तोलाले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको र यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाएको बताउनुभएको छ ।
उहाँले कोभिडका बिरामीको चाप सरकारी अस्पताललाई थेग्न हम्मेहम्मे परेको भन्दै अस्पतालको साधन स्रोत र जनशक्तिले उपचार सेवामा फरक पर्ने बताउनु भएको छ । यस्तै, महामारीका बेला स्वास्थ्यकर्मीले समेत आफन्त गुमाएकाले यस्तो बेला धैर्य गर्न सिक्नु पर्ने उहाँको भनाइ छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया