

एमालेका थप १२ जनाले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने


काठमाण्डौ
नेकपा एमालेका अरु १२ जना नेताहरुले पनि पार्टीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय अनुसार अस्ति बुधवार थप १२ जनालाई स्पष्टीकरण पठाइएको थियो ।
आफूहरुलाई प्राप्त स्पष्टीकरणको जवाफ पठाइरहनुपर्ने आवश्यकता नदेखिएकाले सबै १२ जनाले नै स्पष्टीकरण नदिने निर्णय भएको एमालेको खनाल(नेपाल समूहका विघटित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले जानकारी दिनुभयो।
गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई अस्ति बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
पार्टीको अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै यसअघि एमालेले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकमारी झाँक्री, मुकुन्द न्यौपाने, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, निरु जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरीलाई साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया