

योगेश भट्टराई सहित खनाल–नेपाल समूहका १५ नेताको अपिल : ‘केपी ओलीको कदमविरुद्ध डटेर सङ्घर्ष गरौँ’


काठमाण्डाै
नेकपा एमालेको खनाल–नेपाल समूहका १५ जना नेताले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कदमविरुद्ध एकता र सहकार्यसहित सङ्घर्ष गर्न अपिल गरेका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराईलगायतले संयुक्त विज्ञप्ति निकालेर ओलीको स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कदमविरुद्ध सबै वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध सङ्घर्ष र सहकार्य अपरिहार्य रहेको बताएका हुन् ।
उनीहरूले राष्ट्रियता, लोकतन्त्र र जनहितका लागि सबै लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवम् जनसमुदायमा एक हुने बेला आएको समेत बताएका छन् । नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लङ्घन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी स्वयम् अवैध अध्यक्ष बन्नुभएका ओलीबाट एकपछि अर्को स्वेच्छाचारी काम भइरहेको नेताहरूको भनाइ छ ।
केही समयअघि गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआउँदै फेरि प्रतिनिधि सभा विघटन गरिनु स्वेच्छाचारी र प्रतिगमनकारी कुकृत्य भएकाले त्यसको विरोधमा आवाज उठाउनु सबैको कर्तव्य भएको उनीहरूले संयुक्त विज्ञप्तिमार्फत भनेका छन् ।
झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल र पदेन स्थायी कमिटी सदस्यद्वय अमृतकुमार बोहरा र प्रमेश हमालले संयुक्त विज्ञप्ति निकालेका हुन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया