

नेपाल र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता : खोप खरिदमा सहजीकरण गरिदिन आग्रह


काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘कोभिड-१९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनिन् ।
जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहीआएको र नेपालले मागेको सहयोगबारे अधिकारीहरुसँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।
‘यहाँको अनुरोधलाई मैले मनन गरेको छु, हामी नेपाललाई सहयोग गर्न सधैं तत्पर छौं’ कुराकानीमा क्रममा राष्ट्रपति सीले भने । दुई राष्ट्रपतिबीचको कुराकानीबारे परराष्ट्र मन्त्रालयले छिट्टै विस्तृत विवरण सार्वजनिक गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले बताए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया