

राजमो गण्डकी प्रदेश सांसद कृष्ण थापा निष्काशित


काठमाडौं
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई सबै जिम्मेवारीबाट निष्काशन गरेको छ । राजमोका केन्द्रीय सदस्यसमेत रहेका थापालाई केन्द्रीय समिति सदस्यलगायत सबै जिम्मेवारीबाट निष्काशन गरिएको हो ।
शनिबार बसेको राजमो केन्द्रीय समिति बैठकले थापालाई पार्टी सदस्यताबाटसमेत एक वर्षका लागि निलम्बन गरेको राजमो महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
थापालाई सांसद पदबाट भने अहिले हटाइएको छैन । शनिबार बसेको बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले प्रेशित गर्नुभएको वक्तव्यमा थापाले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याएकाले कारवाही गर्नुपरेको स्पष्ट पार्नुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘बैठकले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सांसद कृष्ण थापाले पार्टी निर्देशन विपरीत गण्डकी प्रदेश सरकारका विरुद्व दुई वा दुई भन्दा बढी दलहरु मिलेर गठन गर्ने सरकारका लागि प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको दावी पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरे गर्नुभएको थियो । उहाँले सार्वजनिकरुपले पार्टी प्रतिष्ठामा आँच पुग्नेगरी लगातार अभिव्यक्ति दिएको हुनाले उहाँलाई पार्टीको केन्द्रीय समितिको सदस्य पदबाट निष्काशन गरिएको छ । त्यसका साथै साधारण सदस्यबाट समेत एक वर्षका लागि निलम्बन गर्ने निर्णय समेत बैठकले गरेको छ ।’
गत वैशाख २९ गते पार्टीको निर्देशनविपरित थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै उनीविरुद्धको गठबन्धनमा हस्ताक्षर गर्न आलटाल गरेका थिए । थापाको सो कदमपछि राजमोले तत्काल उनलाई संसदीय दलको नेताबाट हटाएको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया