

माधव नेपाल पक्षका युवा नेताले दिए आयोगमा दल दर्ताको निवेदन


काठमाडौं
निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निवेदन दिएका छन् ।
युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ ।
पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
के भन्छन् राई ?
राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।
‘मैले निर्वाचन आयोगमा एक महिना अघि नै पार्टी दर्ताका लागि निवेदन दिएको हुँ’, राईले भने, ‘४५ दिनपछि दर्ता प्रमाणपत्र लिन आउनु भनेर आयोगले भनेको छ ।’
उनले आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) रहेको बताए । ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत पार्टीको नाम हो । कलम चुनाव चिन्ह छानेको छु’, राईको भनाई छ ।
राईले कतिपयले एमालेको माधव नेपाल समुहको निर्देशनमा पार्टी दर्ता गरेको भनेर आशंका गरेपनि आफुले स्वतन्त्र ढंगले गरेको दावी गरे ।
‘म अनेरास्ववियुबाट विदा भएपछि पार्टीले जिम्मेवारी दिएको थिएन । त्यसैले खाली बस्नुभन्दा पार्टी दर्ता गरौ भन्ने सोचेर दर्ता प्रक्रियामा गएको हुँ । माधव नेपालसँग यसबारे जोड्न जरुरी नै छैन’, राईको भनाइ छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया