

सन्दीप लामिछानेलाई पीएसएलबाट लाहोरले गर्यो रिलिज


काठमाडौं
नेपाली स्पिन बलर सन्दीप लामिछानेलाई पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट टिम लाहोर क्वालन्डर्सले पनि रिलिज गरेको छ । लाहोरले सन्दीपलाई शनिबार रिलिज गरेको हो ।
कोरोनाका कारण प्रतियोगिता स्थगित हुनुअघि लाहोरले रशिद खानका स्थानमा सन्दीपलाई अनुबन्ध गरेकामा अहिले फेरि सन्दीपलाई रिलिज गरेर रशिदलाई नै भित्र्याएको छ ।
प्रतियोगिता स्थगित हुनुकै सन्दीपका लागि ‘ब्याडलक’ रह्यो । उनी कराँची पुगेर पनि एक खेल नखेली फर्किनु परेको थियो । कोरोनाले स्थगित पीएसएलका बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया