

षड्यन्त्र कहाँ भयाे ? : प्रधानमन्त्री ओली


काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल पक्षले लोकतन्त्रको हुर्मत लिने काम गरेको बताउनुभएकाे छ । शुक्रवार बालुवाटारमा भएका पत्रकार सम्मेलनमा विपक्षी दल र सरकारमा असहयोगी दलहरूले आफु प्रतिनिधि सभामा विश्वासको मत लिन संसदमा जाँदा विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदा हुँदै किन आएको भन्ने भाषा बोलेको भन्दै त्यस किसिमको अवस्था सिर्जना गराउन आफ्नै पार्टीका नेताहरूले भूमिका खेलेको पनि उहाँले उल्लेख गर्नुभयो ।
ओलीले भन्नुभयो, ‘विश्वासको मत नदिएर सरकार ढाल्नलाई ह्विप उल्लङ्घन गर्ने, आदेशको पालना नगर्ने, दलीय मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएर अनुपस्थित बस्नेसम्मका अलोकतान्त्रिक हर्कत संसदभित्र पसाइए । लोकतन्त्रभित्र पसाइए । लोकतन्त्रको हुर्मत लिने काम गरियो । लोकतान्त्रिक प्रणालीको हुर्मत लिने काम भयो ।’
षड्यन्त्र कहाँ भयो ?
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ (२) अनुसार सरकार नबनेपछि आफू ७६ (३) अनुसार प्रधानमन्त्री भए पनि विश्वासको मत पाउने विश्वास नभएपछि आफूले मार्ग प्रशस्त गरेको दाबी गर्नुभयो । विपक्षी दलहरूले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न राष्ट्रपतिबाट आह्वान भएको विषयलाई लिएर षड्यन्त्र भएको टिप्पणी गर्दै आएका छन् । तर प्रधानमन्त्री ओलीले षड्यन्त्र नभएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘यसमा षडयन्त्र कहाँ भयो ? बन्न नदिएको कहाँ भयो ? एक दिनको समय दिएको । अढाइ महिना दिँदा किन भएन ? अढाइ महिनामा नभएको । अस्ति तीन दिन दिएको, तीन दिनमा पनि हुन सकेन । हुन सक्ने हो भने २४ घण्टामा के भयो ? दलहरू मिलेर जाँदा भइ हाल्थ्यो । वैकल्पिक सरकार बनाए भयो । वैकल्पिक सरकार बनेमा म स्वागत गर्छु । म दलका नेताहरूलाई आह्वान गर्छु, बनाउनुहोस् वैकल्पिक सरकार । मेरो रचनात्मक सहयोग हुनेछ । यस्तो सधैँको खिसखिस होइन । सहयोगी भावनाका साथ मेरो दल प्रस्तुत हुनेछ । सरकार बनाउनुहोस् । सक्नुहुन्न भने मलाई समर्थन गर्नुहोस् । कसले विघटन गर्न खोज्यो संसद् ? मलाई समर्थन गर्नुहोस् ।’
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट मिरजाफर र मिरकासिमहरू सिर्जना गर्ने काम भएको बताउनुभयाे । उहाँले आफूलाई प्रतिनिधि सभामा विश्वासको मत प्राप्त नभएको त्यस्तो स्थिति पैदा गर्नका लागि आफ्नै पार्टी भित्रबाट घिनलाग्दो राजनीतिको चक्रव्यूह रच्ने काम भएको दाबी गर्नुभयो । संसद्लाई काम गर्न, प्रभावकारी हुन पनि नदिने र सरकारलाई काम गर्न पनि नदिने काम नेताहरूबाट भएको गुनासो उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा यस्तो फाेहोरी घिनलाग्दो चक्रव्यूह भयो । महाभारतकालीन चक्रव्यूहमा युद्धका नीति नियम तोडेर, मर्यादाहरू तोडेर, घेराबन्दी गरेर अभिमन्युको हत्या भएको थियो । यस पटक विश्वासको मत नपुगोस् भन्नका लागि दल भित्रैबाट समेत, २७ जना मान्छे गुटगत हिसाबले अनुशासनहीन ढङ्गले, लोकतान्त्रिक मूल्य र मान्यता विपरीत अनुपस्थित हुने, सरकार ढाल्ने खेलमा दल भित्रैबाट विपक्षीसँग मिलेर, सरकार ढाल्ने प्रयासलाई लोकतन्त्रमा के भनिन्छ ? के यस्ता प्रयासहरू लोकतान्त्रिक मूल्य र मान्यताका, नैतिक हुन सक्छन् ?’
प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव नेपाललाई इङ्गित गर्दै पार्टीभित्रै अन्तरध्वंस मच्चाएर मिरजाफर र मिरकासिमको भूमिकामा देखा परेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, अन्तरध्वंस मच्चाउनेदेखि लिएर भित्रैबाट मिरजाफर र मिरकासिमहरू सिर्जना गरिए । मिरजाफर र मिरकासिमहरू सक्रिय भएर इतिहासमै कलङ्कित हुने खालका आपराधिक क्रियाकलापहरू भए सरकार ढाल्ने प्रयोजनका लागि । विश्वास प्राप्त नहोस् भन्नका लागि ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया