

पछिल्लो २४ घण्टामा कोरोना संंक्रमित निको हुनेको संख्या ७ हजार ८९०


काठमाडौं
नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ६०७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २३ हजार २२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२२ हजार ३५३ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ४०७ र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ६०७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ८९० संक्रमित निको भए, १७७ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८९० जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ९० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय १२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २३ हजार २२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ७८ हजार १४६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ७७ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया