
काठमाडौं
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका दाबी लागि प्रतिपक्षी दलका नेताहरु शीतल निवास पुगेका छन् ।
सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि प्रतिपक्षी दलका नेताहरु सांसदहरुको हस्ताक्षरसहित शीतल निवास पुगेका हुन् ।
उनीहरु १ सय ४९ सांसदको हस्ताक्षरसहित शीतल निवास पुगेका हुन् । सिंहदरबारबाट बाहिरिँदा नेताहरुले कुनै पनि प्रतिक्रिया नदिएको भएतापनि बैठकले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको छ ।











प्रतिक्रिया