

जेठ २ मा जाने भनेको पार्टीमा आएका साथिहरुलाई हटाउन नसक्ने : ओली


काठमाण्डाै
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा लैजानु भनेको दुई पार्टी एकीकरणअघिको अवस्था नभइ एकीकरणसहितको अअस्थामा फर्कनुरहेको बताउनुभएको छ ।
शुक्रवार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले दुई पार्टी एकीकरणपछि राखेको नाम अर्को पार्टीसँग जुधेर दर्ता खारेज भए पनि एकीकरण खारेज नभएकाले पार्टी अलग भएपछि पनि एमालेमै रहेका एकीकरणताकाका नेताहरूलाई हटाउन नसक्ने बताउनुभयो । उहाँले अहिले एकीकरणसहितको एमाले भएकाले त्यहीअनुसार पार्टीको जिम्मेवारी बाँडफाँड र समस्या समाधान हुने बताउनुभयो ।
एमालेभित्रका असन्तुष्ट पक्षहरूले लोकतन्त्र र संसदीय प्रणालीकै धज्जी उडाइरहेको ओलीकाे भनाइ छ । कर्णालीमा भएको फ्लोर क्रस, राष्ट्रिय सभा चुनावमा रामबहादुर थापाको पराजय जस्ता काम संसदीय र दलीय प्रणालीमा क्षमा गर्नै नसक्ने भएको उहाँले बताउनुभयो । ‘पार्टीको अनुशासन नाघेकाहरूलाई उचित हिसाब–किताब हुन्छ’, चेतावनी दिँदै अध्यक्ष ओलीले भन्नुभयाे ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया