

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा


काठमाडौं
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ ।
उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए ।
थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ ।
एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आग्रह गरेको थियो । तर बिहीबार भएको राष्टिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रह विपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन् ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया