

खिमलाल देवकोटाले भने मेरो जित सरकारविरूद्धको आवाज हो


काठमाडौं
राष्ट्रिय सभाको उपनिर्वाचनमा विजयी भएका खिमलाल देवकोटाले आफ्नो जित सरकारविरूद्धको आवाज भएको भएको बताएका छन्।
नवनिर्वाचित राष्ट्रियसभा सदस्य देवकोटाले विपक्षी दलहरूको सहयोगले आफूले विजय हासिल गरेको बताए।
‘म स्वतन्त्र रूपमा उठेको भएकाले धेरै बोल्दिनँ। तर यो सरकारले जेजस्तो काम गरिरहेको छ त्यसविरूद्ध एक ठाउँमा भएको मत हो,’उनले भने,’यो सरकारले विधी परम्परा र संविधान मिचेको छ। त्यसकै परिणाम मेरो मत आएको हो।’
उनले आफ्नो जित एउटा व्यक्तिको मात्रै नभएर यो संविधान र संघीय व्यवस्थाप्रति विश्वास राख्नेहरूको भएको बताए।
आफूलाई कांग्रेस, माओवादी, एमालेका शिर्ष नेताहरूको सहयोग र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिको सहयोग भएकाले विजयी हुन सम्भव भएको बताए।
देवकोटालाई एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल पक्षको समर्थन थियो।
उनलाई कांग्रेस-माओवादीको पूर्ण समर्थन थियो।
एमाले पृष्ठभूमिका देवकोटा संघीयता विज्ञ हुन्।
स्थानीय शासनमा उनको विशेष दख्खल छ। केही समय देवकोटा बागमती प्रदेश सरकारको योजना आयोगको उपाध्यक्ष समेत भएका थिए।देवकोटा एमालेको खनाल-नेपाल समूहसँग निकट छन्।
सेतोपाटी बाट साभार


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया