

मकै बालिमा गबारोको समस्या देखिएपछि भलवाडका किसान चिन्तित


कपिलवस्तु ।
यतिबेला देशका अधिकांश जिल्लामा कोरोनाका कारण निषेधाज्ञा जारी छ । किसानहरु भने आफ्नो खेतबारीमा व्यस्त छन् । देशका तराईका जिल्लामा यतिबेला खेतबारीमा मकै खेती गरिएको छ भने वर्षे वालिको रुपमा धानको बिउ राख्ने क्रम पनि सुरु भएको छ ।
कोरोना कहर र निषेधाज्ञाले प्रताडित भएका किसान खेतीबारीमा व्यस्त रहेर आफ्नो उत्पादन बढाउने क्रममा रहे पनि बालिमा लाग्ने विभिन्न किराजन्य प्रकोपका कारण भने निराश छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्र्तगतका वडामा लगाइएको मकै बालिमा यतिबेला गबारोको समस्या देखिएको छ । मकै बालीले फुल लाग्ने बेलामा गबारोले मकैका बोटहरु फुल लाग्न सकिरहेका छैनन । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका किसानले गबारोका कारण यस वर्ष मकै बालिको उत्पादन घट्ने भन्दै निराश भएका छन् ।
बालि नालिमा कहिले फौजी किराले सताएको छ भने कहिले गबारो किराको प्रकोप छ । जसका कारण किसानको मेहेनत निराशामा परिणत भईरहेको छ । यता किसानहरुको समस्यालाई बाणगंगा नगरपालिकाको कृषि विकास शाखाले आवश्यक विषादीको प्रबन्ध गर्न सक्ने जनाएको छ । किसानबाट माग भई आएमा सामान्य क्षेत्रका लागि केही मात्रामा विषादी उपलब्ध गराउन सकिने नगरपालिकाका कृषि विकास शाखा अधिकृत लेस बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार मकैबालीमा सरसफाई गर्ने र विषादीको प्रयोगबाट मात्रै गबारोको समस्या समाधान गर्न सकिने छ । त्यसको लागि किसानहरुले सोझै नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गरी गबारो बिरुद्धको औषधि लिन सक्ने केसीले जानकारी दिनुभयो ।


खबर सबै
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला






प्रतिक्रिया