

माधव नेपालले बादललाई नैै भोट दिन्छन् : ओली


काठमाण्डाै
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको उपचुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई आफ्नै पार्टीका व्यक्तिले भोट नदिने कुरा कल्पनासमेत नगरिएको बताउनुभएको छ ।
बुधवार (आज) पार्टीका नेता तथा कार्यकर्ताको नाममा अपिल पत्र निकालेर प्रधानमन्त्री ओलीले पार्टीले आधिकारिक उम्मेदवारकाे रूपमा रामबहादुर थापा बादललाई अघि सारेकाले पार्टीका आधिकारिक उम्मेदरवारविरुद्ध उम्मेदवारी दिनु, निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा मत खसाउने विषय कल्पनाबाहिरको विषय भएको बताउनुभएको छ ।
एमालेकै माधव नेपाल पक्षले रामबहादुर थापालाई भोट दिन नसकिने र आफूहरूको समर्थनमा खिमलाल देवकोटा उम्मेदवार बनेको भन्दै देवकोटालाई नै भोट दिने जनाएको छ । तर अध्यक्ष ओलीले पार्टीभित्र देखापरेका समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको भन्दै पार्टीका आधिकारिक व्यक्तिलाई समर्थन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा नेपाली कम्युनिस्ट आन्दोलनको वरिष्ठ नेता भएको र उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतालाई थप बल पुर्याउने ओलीको दाबी छ । एमाले र माओवादीबीचको एकता केही अवसरवादीका कारण असफल भएको अवस्थामा नेकपाको विरासत एमालेले बोक्ने भएकाले पनि रामबहादुर थापालाई जिताउनुपर्ने ओलीले बताउनुभएको छ ।
वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यका लागि बिहीवार चुनाव हुँदैछ । चुनावमा प्रदेश सभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षले मत दिन पाउनेछन् ।

0


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया