

इङ्लिस प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा पुग्यो, शीर्ष स्थानको सिटी ब्राइटनसँग पराजित





काठमाण्डाै
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।
जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको छ । उसका लागि १५ औं मिनेटमा इडिन्सन काभानीले गोल गरे । तर ७६ औं मिनेटमा फुलह्यामका जोय ब्र्याएनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
हिजाको बराबरीसँग युनाइटेडले शीर्ष स्थानको सिटीसँगको अंक दूरी घटाउने मौका गुमाएको छ । युनाइटेडको ७१ अंक रहेको छ । यस्तै गएराति नै शीर्ष स्थानको म्यानचेष्टर सिटी ब्राइटनसँग ३–२ पराजित भएको छ । ४८ मिनेटसम्म दुई गोल गरेको सिटीले त्यसलाई जोगाउन नसक्दा पराजित भयो । इङ्लिस प्रिमियर लिगको उपाधि यसअघि नै सिटीले जितिसकेको छ । ब्राइटन पन्ध्रौँ स्थानमा छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया