

ठेक्काको नाममा नदीजन्य पदार्थको दोहन, भलवाडको कोईली खोलामा एक्साभेटरको प्रयोग

भलवाड ।
कोरोना माहामारिका बेला कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोईली नदीमा दिउसै एक्साभेटरको प्रयोग गरी नदी दोहोन भईरहेको छ । बन्दाबन्दिले आम नागरिक घरभित्र खुम्चिरहेका बेला केही ठेकेदार भने नदीको दोहनमा तल्लिन देखिएका छन् ।
बाग्लुङ्को ढोरपाटन निर्माण सेवाले १ करोड १० लाख रुपैँयामा (भ्याट सहित) लिएको ठेक्का अन्र्तगत बाणगंगा नगरपालिकाको वडा नम्बर ९ भलवाड स्थित कोईली खोलामा दैनिक जसो एक्साभेटरको प्रयोगबाट नदीजन्य पदार्थ (गिटी तथा मिस्कट) उत्खनन भईरहेको हो ।
नियमानुसार नदी जन्य पदार्थको उत्खननमा जेसिबी र एक्साभेटरको प्रयोग अवैधानिक मानिन्छ तर कोईली खोलमा प्रयोग भईरहेको एक्साभेटरको बारेमा सम्बन्धित निकाय भने मौन छन् । बाणगंगा नगरपालिकाका राजश्व शाखा प्रमूख मदनप्रसाद घिमिरेसँग बुझ्दा यस विषयमा ठेकेदार पक्षलाई नगरपालिकाले पटक पटक सचेत गराएको र कुनैपनि अवस्थामा खोलामा जेसीबि प्रयोग गर्न नपाउने विषयमा जानकारी गराएको छ । घिमिरेले नदी जन्य पदार्थको उत्खननमा जेसीबि अथवा एक्साभेटरको प्रयोग गरिएको पाईए कानुन अनुसार कार्वाही हुने दावी पनि गरेका छन् ।
औपचारिकता पुरा गर्न सचेत गराएको नगरपालिकाले प्रभावकारी नियमन गर्न भने कैयौँ कसर बाकीँ राखेको स्थानियको आरोप छ । २४.०२२ घनमिटर नदीजन्य पदार्थको उत्खननको अनुमति रहेको सो ठेक्कामा केही दिन अघि नगरपाकिलाका उप प्रमूख चक्रपाणी अर्याल सहितको एक टोलीले स्थलगत अनुगमन पनि गरेको थियो । तर अनुगमनका बेला सामान्य देखिए पनि त्यस यता दैनिक जसो कानुन विपरित उत्खनन भईरहेको छ ।
ठेकेदार पक्षले केही स्थानीय नागरिकहरुलाई धम्क्याएको समेत एक स्रोतले बताएको छ । वन क्षेत्रमा पशु चौपाया लिएर जाने नागरिकहरुलाई समेत धम्कीपूर्ण शब्दको प्रयोग गर्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया