

चीनमा दैनिक करिब एक करोड ४० लाखले लगाउँछन् कोरोना खोप





काठमाडौं । चीनले अहिले विश्वमा सबैभन्दा धेरै दैनिक करिब एक करोड ४० लाख मानिसलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइरहेको छ । अहिले कोरोना विरुद्ध आफ्ना नागरिकरुलाई खोप लगाउँदै मुलुकको अर्थतन्त्र सबैभन्दा पहिला खोल्ने दाउमा विश्वभर खोप अभियान चलिरहेको छ । यस्तोमा दैनिक खोप लगाउनेको संख्याको आधारमा चीन सबैभन्दा अगाडि देखिएको हो ।
पछिल्लो समय चीनको पूर्वी प्रान्तमा अन्हुई र उत्तरपूर्वी लियाओनिङ प्रान्तमा कोरोनाका संक्रमित बढेसँगै चीनले आफ्नो खोप अभियानलाई तीव्रता दिएको हो । सामाजिक सञ्जालहरुमा राखिएको भिडियोमा मानिसहरु खोप लगाउन निकै उत्साहित देखिएका छन् । खोप केन्द्रअघि भारी वर्षा भइरहेको समयमा पनि लामो लाइन देख्न सकिन्छ । अन्हुई प्रान्तको राजधानी हेफेईमा शुक्रबार तीन लाख ६० हजार डोज कोरोना खोप दिइएको थियो । एक करोड मानिसको जनसंख्या रहेको यो सहरमा शुक्रबार सबैभन्दा धेरै मानिसले कोरोना खोप लगाएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया