

गुल्मीमा निषेधाज्ञा जेठ १५ गते सम्म लम्ब्याइयाे



गोकर्ण पाण्डे/गुल्मी
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि जेठ १५ गते रातीसम्म लम्बाउने निर्णय भएको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक पेट्रोलियम पदार्थ,दूध डेरि बिहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्न पाइने छ। भने उपभोग्य खाद्यवस्तु बेच्ने पसल, तरकारी, फलफूल, माछा, मासु,बेच्ने पसल ७,१०,१३ गते ३ दिन मात्र खेल्न दिइने छ।त्यस्तै अत्यावश्यकीय तथा मानवीय कार्य बाहेक अन्यकाे लागि बैंक तथा बित्तिय सस्था बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
यस अघि थप गरिएको निषेधाज्ञाकाे समय भाेलि जेठ ४ गते शनिबार राति १२ बजे सकिदै छ।हाल गुल्मीमा काेराेना सकृय संक्रमितकाे संख्या १०३८ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण गुल्मीमा ५२ जना ले ज्यान गुमाएका छन्।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया