

बादललाई भोट हाल्ने राप्रपाको औपचारिक निर्णय



काठमाण्डाै
राप्रपाले जेठ ६ गते हुन लागेको बागमतीबाट निर्वाचित हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमालेलाई भोट हाल्ने औपचारिक निर्णय गरेको छ । उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् ।
आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिइसकेको छ ।
राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मत भार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् ।
उनीहरुको मत भार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मत भार १३२ छ । यसअघि एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेका थिए ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया