

भारतमा नयाँ संक्रमितको संख्या २६ दिनयताकै कम


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ ।
भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । यद्यपि सो अवधिमा कोरोना संक्रमणको कारण ४ हजार १०६ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने तामिलनाडुमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा धेरै छ । कर्नाटकमा ३१ हजार तथा केरलामा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३५ लाख १६ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।
अहिलेसम्म भारतमा १८ करोड २९ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया