मदन–आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ : वामदेव गौतम

काठमाडौं

नेकपा एमालेका नेता वामदेव गौतमले मदन–आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त भएको बताएका छन् ।  २८ औं मदन– आश्रित​को स्मृति दिवसको अवसरमा उनले मदन–आश्रितको बाटोमा सहकार्यको दिशामा अग्रसर हुनु पनि भएको बताए ।

तर अहिले उनीहरुको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको गौतमको टिप्पणी छ । उनले भने,  ‘क. मदन र क. आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ ।’

गौतमले वृहत् वाम एकतामार्फत मदन भण्डारी र जीवराज आश्रित​को मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भन्ने कामना पनि गरे ।

‘म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता  कमरेडहरुमा नेकपा (एमाले)सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु,’ उनले लेखेका छन् ।

यसनिम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार नेताहरु मुक्त हुन उनको आग्रह  छ । गौतमले मदन– आश्रित​ बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प समेत गरेका छन् ।

प्रतिक्रिया

खबर सबै