

सहज बन्दै दिल्लीमा कोरोना नियन्त्रण : केजरीवाल


काठमाण्डाै
भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्सिजनकै अभावमा कैयौंको ज्यान गइसकेको दिल्लीमा अब भने अवस्था नियन्त्रणमा आउन थालेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री केजरीवालले महामारी नियन्त्रणमा अरु प्रयासहरुसँगै लकडाउन पनि प्रभावकारी भएको बताउनुभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप गरी मे २४ अर्थात जेठ १० गतेसम्मका लागि पुर्याइएको छ । लकडाउन गर्नुअघि दिल्लीमा सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा अहिले झरेर १० दशमलव चार प्रतिशतमा झरेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८१ हजार आठ सय भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने चार हजार ९२ जनाको ज्यान गएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया