

ला लिगा फुटबलको उपाधिबाट बार्सिलोना बाहिरियो


काठमाण्डाै
महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो ।
२८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टा डी भिगोलाई जिताए । बार्सिलोनाको जम्मा ७६ अंक छ, अन्तिम खेलमा विजयी भएमा पनि उसको जम्मा ७९ अंक हुनेछ ।
यस्तै शीर्ष स्थानको एट्लेटिको मड्रिड र दोस्रो स्थानको रियल मड्रिडले आ–आफ्ना खेल जितेसँगै उपाधिको टुंगो अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ । गएराति भएका खेलमा ओउसासुनालाई २–१ ले हरायो । यस्तै रियल मड्रिडले एट्लेटिको क्बललाई १–० गोलले हरायो । शीर्ष स्थानमा रहेको एट्लेटिका मड्रिडको ८३ अंक छ भने रियलको ८१ अंक छ ।
अन्तिम खेलमा एट्लेटिको पराजित भएमा या बराबरीमा रोकिएमा र रियल मड्रिड विजयी भएमा उपाधि रियलले लैजाने छ । तर रियलले बराबरी खेलेमा या पराजित भएमा उपाधि एट्लेटिकोको पक्षमा जानेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया