

जनताको जीवन जोगाउन केपी ओलीसँग मिलेर काम गर्न चाहन्छौं : गगन थापा


नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले पुनः प्रधानमन्त्रीको जिम्मेवारी पाएका केपी शर्मा ओलीसँग मिलेर काम गर्न आब्हान गरेका छन् ।
शनिवार थापाले भिडियोमार्फत प्रधानमन्त्री ओलीलाई अब केही दिन अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, उर्जा, संयन्त्र महामारीसंग जुध्न लगाउन सुझाव पनि दिएका छन् ।
थापाले अबको केही समय ओलीसँगका सबै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न साथमा उभिने बचन दिएका छन् ।
उनले भने, जनताको जीवन जोगाउन लाग्ने हो भने म र म जस्ता अन्य कयौंलाई नदीको अर्को किनारामा होइन तपाइँसँगै उभिएको पाउनुहुनेछ, तपाइलाई मद्दत गरिरहेको पाउनुहुनेछ, तपाइको सरकारलाई सफल बनाउन लागिरहेको पाउनुहुनेछ ।’
‘तपाईले एक पटक फेरि मौका पाउनुभएको छ, यो मौकालाई खेर नफालौं, यो पटक अलिक फरक ढंगले काम गरौं । तपाई र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकाहरुलाई आशा दिने प्रयत्न गरौं, अक्सिजन नपाएर छटपटाइरहेकाहरुलाई सास दिने प्रयास गरौं । अनि आर्यघाटमा पुगेका लासहरुलाई घटाउने प्रयत्न गरौं । मिलेर काम गरौं’ थापाले भिडियोमार्फत भनेका छन् ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया