

ओली जेठ २ मा फर्किन राजी, नेपाल–खनाल समुहको नेपालका समानान्तर संगठन खारेज हुने



काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ ९माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्थामा फर्किन सहमत भएका छन् ।
बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताए ।
जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमतिमा उल्लेख छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता भीम रावलले दुई नेता बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने जानकारी दिए ।एमालेको दुई पक्षका नेताहरुबीच भएको सहमतिको खेस्रो अनलाइनखबरले प्राप्त गरेको छ, जसमा नेताहरुको हस्ताक्षर भने छैन । कार्यदलले गर्ने कामको सहमति भएकाले हस्ताक्षर नगरिएको बैठकमा सहभागी एक नेताले बताए ।
यस्तो छ सहमतिको भाषा
आजको छलफलमा पार्टीको वर्तमान अवस्थाबारे गम्भिरताका साथ छलफल भयो । पार्टीलाई एकतावद्ध बनाएर लैजान नेकपा ९एमाले०लाई ०७५ जेठ २ मा फर्केर समस्याको समाधान गर्ने सहमति भयो । समस्याको समाधान खोज्न दुबै नेताले एक कार्यदल बनाउने निर्णय भयो ।
नेताहरुका अनुसार अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।
नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको थियो ।
तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओली त्यसलाई भत्काउन चाहँदैनन् । नेपाल समूहका नेताहरुलाई कारबाही गरेका ओलीले गएको १० वैशाखमा मात्रै माओवादी छोडेका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गरेका थिए ।
बिहीबार मात्र चार नेताको निलम्बन फिर्ता लिएका एमाले अध्यक्ष ओली २ जेठमा फर्किँदा ५ पुसयता आफूले बनाएका सबै कमिटी विघटन गर्र्न तयार हुनुपर्छ । माधव नेपाल समूहले पनि ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनाएका छन् । २ जेठमा फर्किँदा यो पनि खारेज हुन्छ ।
नेताहरूका अनुसार यसबारे विस्तृतमा कार्यदलले गृहकार्य गर्नेछ । यदि तलका कमिटीहरू ब्युँताउन अध्यक्ष ओली तयार भए माथिल्ला कमिटीमा माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपाल समूहका नेताहरुले बताएका छन् ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया