

अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाज आज ओमान जाने


काठमाण्डाै
अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज ओमान गएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज बिहान साढे सात बजे ओमानको मस्कटको लागि उडेको हो ।
जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।
निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको महाप्रबन्ध डिमप्रकास पौडेलले जानकारी दिनुभयो । ‘सिलिन्डरसहितका सामग्री लिन अबका केही दिन निगमको जहाज हरेक दिन बेइजिङ जानेछ’, पौडेलले भन्नुभयो ।
यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज सात वटा अन्तर्राष्ट्रिय कार्गो उडान तथा अवतरण हुँदैछन् । नेपाल वायु सेवा निगम, हिमालय एअरलाइन्स र एअर चाइनाले उडान र अवतरण गर्दैछन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया