कपिलवस्तुमा जेठ १० गतेसम्म थपियो निषेधाज्ञा

कपिलवस्तु – कपिलवस्तुमा बैशाख ३१ गतेसम्मको निषेधाज्ञा जेष्ठ १० सम्म लम्बिने भएको छ । जिल्ला स्तरीय कोरोना नियन्त्रण समन्वय समिति डिसिसिएसी ले थप १० दिनको लागि निषेधाज्ञा थप गरेको हो ।

पहिलेको भन्दा अझ कडा निषेधाज्ञा हुने प्रशासनले विज्ञप्ति मार्फत जनाएको छ । हाल विहान ९ बजे देखि दिउँसो १ बजेसम्म अत्यावश्यकीय पसल सञ्चालन भैरहेका छन् । सो पसलसम्म पुग्नका लागि सर्वसाधारणले आफ्नो नीजि सवारी प्रयोग गर्दै आएका छन् । अब देखि भने अनूमति लिएका भन्दा अरु सवारी साधन चलाउन नपाइने र त्यसको अनुगमन हुने प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले सावारी साधनमा थप कडा गर्ने भएको हो ।

यस्तै सबै स्थानीय तहहरुले निषेधाज्ञा पलना गर्ने भएका छन् । घरघरमा बसेका कोरोना संक्रमितको निगरानी गर्नका लागि वडा कार्यालयबाट स्वास्थ्यकर्मी खटाउने डिसिसिएमसीले निर्णय गरेको छ । कोरोना भाइरसको दोस्रो चरण सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित थपिने क्रम बढीरहेको छ । मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार जिल्लामा कोरोनाका संक्रिय संक्रमित संख्या१ हजार २४८ रहेका छन् भने ९१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

खबर सबै