

अहिले नै माधव नेपाल समूहले धोका दियो भन्नु गलत : प्रचण्ड


काठमाडौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नै माधव नेपाल समूहले धोका दियो भन्नु गलत हुने बताएका छन् । शुक्रबार संसद भवनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो डोज खोप लगाएपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले नेपाल समूह संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै रहेको उल्लेख गर्दै माधव नेपालहरुसँग एक ठाउँमा फेरि भेट हुनेसमेत बताए । एक पत्रकारको जिज्ञासामा उनले संविधानको धारा ७६ (५)मा मा पनि भेट हुनसक्ने बताए ।
‘माधवजीसँग अहिले भर्खर पनि कुरा गर्दै थियौँ । उहाँहरु आफैं संविधान र लोकतन्त्रको पक्षमा संघर्ष गर्दै हुनुहुन्छ । अहिले नै धोका दिनुभयो भन्नु बढी हुन्छ’, प्रचण्डले भने, ‘सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा उहाँहरू संघर्ष अगाडि बढाउनुहुन्छ । एक ठाउँमा हाम्रो फेरि पनि भेट हुन्छ ।’
प्रचण्डले संवैधानिक ढंगले हुने निर्वाचनमा जान पार्टी तयार रहेकोसमेत प्रष्ट पारेका छन् । ‘संविधान विरोधी ढंगले काम भयो भने मात्र हाम्रो कन्सन्र्ट हुने हो’, उनले भने, ‘संवैधानिक ढंगले हुने निर्वाचनमा जानका लागि हाम्रो पार्टी जहिले पनि तयार छ ।’


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया