

नयाँ मन्त्रीबारे बालुवाटारमा आफू निकटसँग छलफल गर्दै ओली


नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाएका छन्।
तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले क-कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लागेको स्रोत बताउँछ।
ओली बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका थिए। आज राष्ट्रपति निवासमा ओलीले प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ।
आजै ओलीले सानो आकारमा मन्त्रिपरिषद बनाउने भएका छन्। प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ।
त्यसैका लागि ओलीले बालुवाटारमा नेताहरूसँग परामर्श गर्न लागेको एमालेका एक स्थायी कमिटी सदस्यले बताए।
‘उहाँले एक्लै सपथ लिने कुरै हुँदैन। आज सानो आकारमा मात्रै मन्त्री बनाउनु हुन्छ होला,’ उनले भने, ‘कसलाई मन्त्री बनाउने भन्नेबारे उहाँले अहिले छलफल गर्दै हुनुहुन्छ। केही साथीहरूको नाम उहाँले सोचिराख्नुभएकै होला!’
ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया