

भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै


काठमाण्डाै
भारतमा केही दिन यता कोरोना भाइसका नयाँ सङ्क्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा सङ्क्रमण हुने गरेकोमा केही दिन यता यो संख्या घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको २४ घण्टामा भारतमा तीन लाख ३८ हजार १९ जनामा सङ्क्रमण भएको छ । हिजो तीन लाख ६२ हजार चार सय ६ जना सङ्क्रमित भएका थिए भने अस्ति तीन लाख ४८ हजारमा सङ्क्रमण देखिएको थियो । गएको शनिबार भारतमा एकैदिन ४ लाख ९ हजार भन्दा धेरैलाई सङ्क्रमण देखिएको थियो ।
तर, त्यस यता भने सङ्क्रमितको सङ्ख्या केही घटेको छ । तर, भारतमा कोरोनाको नयाँ भेरियन्ट फैलिरहेकाले यसलाई सङ्क्रमण घटेको मान्न नमिल्ने विश्लेषण गरिएको छ । यस्तै, भारतमा गएको २४ घण्टामा तीन हजार ८ सय ८८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
अहिलेसम्म भारतमा कोरोनाका कारण दुई लाख ६२ हजार भन्दा धेरैको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या दुई करोड ४० लाख भन्दा धेरै छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया