

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हरायो



काठमाण्डाै
इङ्लिस प्रिमियर लिग फुटबलमा लिभपुरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग ४–२ गोल अन्तरले पराजित भएको हो । कडा सुरक्षाकाबीच खेल भएको थियो । यस अघि म्यानचेस्टर युनाइटेडका समर्थकले लिभरपुलविरुद्ध मैदानभित्र नै पसेर क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेपछि खेल स्थगित भएको थियो ।
जितपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ६० अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३६ खेलबाट ७० अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८० अंक छ । प्रिमियर लिगको उपाधि सिटीले सुनिश्चित गरिसकेको छ । यस्तै गएराति भएकै अर्को खेलमा एस्टोन भिल्ला र इभर्टनले गोलरहित बराबरी खेलेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया