काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गर्नुभएको छ ।




ओलीलाई शुक्रबार दिउँसो दुई बजे शपथ गराउने तयारी भइरहेको बताइएको छ । ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त हुनुभएको थियो ।
त्यसपछि दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिनुभएको ३ दिनको समयमा कसैको पनि दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।



प्रतिक्रिया