

पछिल्लो २४ घण्टामा ४४ सयले जिते कोरोना, ८९६० मा संक्रमण


काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै थप २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।
पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृतकको कुल संख्या ४४६६ जना रहेको छ ।
देशका अधिकांश जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपनि संक्रमित हुने क्रम रोकिएको छैन ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया